कञ्चनपुर: भोटेकोसीको विनाशकारी बाढीमा बेपत्ता भीमदत्त नगरपालिकाका पदम बहादुर मल्लको प्रतीकात्मक अन्तिम संस्कार आज गरिने छ।

भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता हुनुभएका भीमदत्त नगरपालिका–१०, तिलकेनी निवासी पदमबहादुर मल्लको प्रतीकात्मक अन्तिम संस्कार गरिने भएको हो।

२०८३ भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता हुनुभएका मल्लको कुशको पुतला निर्माण गरी अन्तिम संस्कार गर्ने तयारी गरिएको परिवारले जनाएको छ।
परिवारका अनुसार २०८३ कार्तिक ९ गते बिहान १० बजे भीमदत्त नगरपालिका–१०, तिलकेनीस्थित निजी निवासबाट शवयात्रा ब्रह्मदेव घाटमा पुगेर अन्तिम संस्कार सम्पन्न गरिने प्रदिप मल्लले बताउनु भयो।

उनका अनुसार, स्वर्गीय मल्लको जन्म २०२७ साल पुस २७ गते भएको थियो। परिवारमा उहाँकी श्रीमती जनता देवी मल्ल, छोरा प्रदीप मल्ल तथा छोरीहरू सृजना मल्ल चन्द र शिल्पा मल्ल चन्द रहेका छन्।
शवयात्रा तिलकेनीस्थित खानेपानी ट्यांकी नजिकबाट सुरु हुने भएकाले आफन्तजन, इष्टमित्र, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई उपस्थित भई दिवङ्गत मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्न परिवारले अनुरोध गरेको छ।










