दोधारा । कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ठाडो उजुरी दिएकी छन् । कुँवरले शनिबार साँझ आफु माथी लापसे गरेर दुव्र्यवहार गर्ने युवक बिरुद्ध कानूनी कारवाहि गरिपाँउ भनी जिल्ला प्रहरी कार्यालयमा कञ्चनपुरमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले जनाएका छन् । निवेदनमा पत्रकार कँुवरले ति अपरिचित युवाले मोटरसाईकलमा पछ्याउदै महेन्द्रनगर बजार देखि सुकासाल पुग्दा सम्म निरन्तर आफु माथि दुरव्यावहार गरेको भन्दै ति अपरिचित ब्याक्तिको खोजि कार्य गरि कानूनी कारवाहिको माँग गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरेको बताइन् ।

कुँवरले आफु रिपोटिङको क्रममा रहि खाजा लिएर रेस्टुरेन्टबाट घर फर्कीने क्रममा आफु माथी अपरिचित युवकले दुरव्र्यावहार गरेको भन्दै कुँवरको आधिकारीक फेसबुक पेज एके .थ्री टिभिमा कञ्चनपुरमा पत्रकार माथि नै दुरव्यावहार स्टाटस लेख्दै भिडियो साँझा गरेकी छन् ।











