दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १ स्थित मलेरिया पुल नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका युवकलाई लागुऔषध सहित नियन्ञणमा लिएको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय रमेश दमाइ रहेका छन् । सशस्त्रलाई आशंका लागेपछि चेकजाँच गर्दा हाते झोला भित्र फेला परेको सशस्त्र प्रहरीले जनाएको छ् ।

सशस्त्र पहरीका अनुसार, उनको साथबाट फेनारगनका एक सय ५२ एम्पुल फेला परेका छन् । पक्राउ परेका युवकलाई लागुऔषध सहित आवस्यक अनुसन्धान तथा कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी पठाएको सशस्त्र प्रहरीले जनाएको छ् ।











