कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगितामा लालझाडी भेट्रान टिमलाई हराउदै रोयल गोर्खा महेन्द्रनगरले क्वाटरफाइनलको यात्रा पक्का बनाएको छ।
मंगलबार भएको चौथो दिनको खेलमा लालझाडी युवा क्लब र रोयल गोर्खा भेट्रान महेन्द्रनगर टिम बिच भएको प्रतिस्पर्धात्मक रोमाञ्चक खेलमा रोयल गोर्खा भेट्रान टिमले लालझाडी युवा क्लब लाई ४-१ गोलको अन्तरले पाखा लगाउँदै प्रतियोगिताको क्वाटरफाइनलको यात्रा तय गरेको आयोजकले जानकारी दिएको छ।
भोलि बुधबार हुने पाचौं दिनको खेल स्टार सिटि धनगढी र धनगढी युवा क्लब भेट्रान टिम बिच दिउँसो १२ बजे प्रतिस्पर्धात्मक खेल हुने छ।



प्रतियोगितामा ३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँनेछन् भने प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको छ।प्रतियोगिता मंसिर २० देखि २७ गते सम्म संचालन हुने प्रतियोगिताका सम्पुर्ण खेल नकाउट आधारमा खेलाइने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा प्रथम पुरुस्कार ४० हजार र द्धितीय पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान रहेको छ।
