प्रदेश स्तरीय व्याडमिन्टनबम र निर्वाचन क्षेत्रको उपाधी सिंहको जोडीलाई


महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकोझलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताकोउपाधी धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ।

फाइनल खेलमाझलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दैराजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधी जितेको हो । बम र जैसीको जोडीले ऐरर जोशीको जोडीलाई २१–१७ र दोस्रो सेटमा २१–१५ ले पराजित गरेको छ। उपाधी बिजेताजोडी रु ४० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएको छ । भने उपबिजेता टिमले रु २०हजार नगदसहित पुरस्कृत भएको छ ।

दशै र शुभ दिवापलीकोअवसर पारेर शुक्लाफाँटा व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुरनिर्वाचन क्षेत्र नं. २ स्तरीय प्रतियोगिताको उपाधी राष्ट्रिय समाचार समिति कञ्चनपुरकाप्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ।

प्रतियोगितामा सिंह र डम्बर कुवँरकोजोडीले तेज बहादुर साउँद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ। सिंह र कुवँरकोजोडीले २१–१४ र २१–१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजितगरेको शुक्लाफाँटा व्याडमिन्टन संघका अध्यक्ष पुष्पराज भट्टले बताउनुभयो ।

निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको उपाधी जित्दै सिंह र कुवँर रु ३० हजार नगद, ट्रफि र मेडलबाटपुरस्कृत भएका छन् । भने उपबिजेता साउँद र जोशीको जोडी रु १५ हजार नगदसहितपुरस्कृत भएको छ। प्रतियोगितामाउपाधी बिजेता, उपबिजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रण बहादुरमहराले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा प्रदेश खुल्ला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयमा ३२ टिम सहभागी थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img