मेयर कपमा पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल, खेल बराबरी!


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महाकाली पारी रहेको दोधारा चाँदनी नगरपालिकामा मैत्रीपुर्ण खेल सम्पन्न भएको छ।

बिहिवार दोधारा चाँदनी नगरपालिका–७ स्थित बाबाथान खेलमैदानमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत कञ्चनपुरका क्रियाशील पत्रकार र दोधारा चाँदनी नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो।
मैत्रीपूर्ण खेलमा पत्रकारको टोली र दोधारा चाँदनी नगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको टोलीले समान एक–एक गोल गरेपछि खेल बराबरीमा टुंगिन पुग्योको थियो।

खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। मैत्रीपूर्ण खेलमार्फत पत्रकार, कर्मचारी तथा जनप्रतिनिधिबीच आपसी सद्भाव, सहकार्य र भाइचारा थप सुदृढ गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
तेस्रो मेयर कप फुटबल प्रतियोगिताका क्रममा आयोजित उक्त मैत्रीपूर्ण खेलले प्रतियोगितामा थप उत्साह र रौनक बढाएको छ। तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३ को फाइनल खेल भोलि दिउँसो २ बजे प्रतिस्पर्धात्मक खेल हुने छ।


Loading Viewer...

ताजा समाचार

spot_img