राजेन्द्रप्रसाद पनेरू/ कञ्चनपुर — एलपीएल सिजन–१० मा शुक्लाफाँटाको टोली नयाँ जोस, अनुभवी नेतृत्व र सशक्त रणनीतिसहित मैदानमा उत्रेको छ। टोलीको समग्र व्यवस्थापनको जिम्मेवारी नगर खेलकुद समिति सदस्य बिबेक रावलले सम्हालिरहेका छन् भने मैदानभित्रको नेतृत्व कप्तान कैलाश ऐरले गरिरहेका छन्।

खेलकुद क्षेत्रको विकासमा सक्रिय रावलले टिम व्यवस्थापकका रूपमा खेलाडी व्यवस्थापन, रणनीतिक समन्वय तथा समग्र टोली सञ्चालनको जिम्मेवारी सम्हालिरहेका छन्। उनको नेतृत्वमा शुक्लाफाँटाले अनुभवी तथा नयाँ खेलाडीको संयोजनसहित प्रतिस्पर्धात्मक टोली मैदानमा उतारेको छ।

टोलीलाई सह–व्यवस्थापक सुरेश भट्टले साथ दिइरहेका छन्। पूर्व राष्ट्रिय खेलाडी ललित सिंह भण्डारी मुख्य प्रशिक्षक तथा हरिस अवस्थी मेन्टरका रूपमा टोलीसँग जोडिएका छन्। अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय खेलाडीको अनुभव र नयाँ पुस्ताको जोसलाई समेट्दै शुक्लाफाँटाले सन्तुलित टोली निर्माण गरेको छ। टोलीले व्यवस्थापन, प्रशिक्षण र रणनीतिलाई प्राथमिकतामा राख्दै प्रतियोगितामा प्रभावकारी प्रदर्शन गरि रहेकाे छ ।











