महेन्द्रनगर । समुदायमा आधारित वन व्यवस्थापन समुहहरुका लागि कार्बन लाभ बाडफाड तथा लगानी सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ सुदुरपश्चिम प्रदेश समन्वय समिती को आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सभाध्यक्षमा नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश समन्वय परिषद्का अध्यक्ष वासमती राजीले गर्नुभएको थियो। यसैगरी, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी रहनु भएको थियो । यसैगरी, बिशिष्ट अतिथीमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठ, अतिथीमा भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरीदत्त जोशी रहनु भएको थियो । यसैगरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलगायतको उपश्थिती रहेको थियो । कार्वनको व्यापार लाभाास वितरण गर्नका लागी समुदायमा रहेको विपन्न परिवार वन उपभोक्ता समितिसंग छलफल भएको छ ।

लाभाँस पाउनका लागी कस्तो योजना बनाउने कस्तो काम गर्ने भन्ने विषयमा रहेर उहाँको कार्य योजना हनुरुप छलफल भएको नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । उपभोक्ता समितिले प्रस्तावना कसरी निर्माण गर्ने, कहाँ खर्च गर्ने भन्ने विषयमा छलफल भएको बताउनु भयो । समुदायमा आधारित वन व्यवस्थापन समूहले वन संरक्षण तथा व्यवस्थापनमार्फत प्राप्त हुने कार्बन लाभलाई कसरी प्रभावकारी रूपमा बाँडफाँड गर्ने र त्यसबाट प्राप्त लाभलाई समुदायको हितमा कसरी लगानी गर्ने भन्ने विषयमा कार्यक्रममा छलफल गरिएको थियो । सभाध्यक्ष राजीले उपभोक्ता समितिले आफनो कार्य योजना प्रस्तुत गरेर उहाँहरुको योजना बमोजिम काम गर्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो । सामुदायिक वन व्यवस्थापनमा आदिवासी जनजाति, दलित अपाङगता भएका व्यक्तीहरु तथा स्थानीय समुदायको भूमिका विषयमा छलफल भएको बताउनु भयो ।

साथै वन संरक्षणबाट प्राप्त हुने कार्बन लाभमा समुदायको पहुँच, लाभको न्यायोचित बाँडफाँड तथा प्राप्त रकमलाई स्थानीयस्तरमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने विषयमा समुदायमा गएर कार्यक्रमको आयोजान गरीने योजना रहेको बताउनु भयो । यसैगरी प्रमुख अतिथी लेखकले कार्बन लाभलाई पारदर्शी र न्यायोचित ढङ्गले समुदायसम्म पुर्याउन स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनु भयो । प्राप्त लाभलाई वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन, जीविकोपार्जन तथा सामाजिक विकासका क्षेत्रमा लगानी गर्न सके त्यसले समुदायलाई वन संरक्षणप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। साथै पालिकाले गर्ने साथ र सहयोगमा सदैव तत्पर रहेको बताउनु भयो । उक्त कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश समन्वय परिषद्का मुख्य सचिव कृती बहादुर थापाले गर्नुभएको थियो ।











