दोधारा चाँदनीमा ‘तेस्रो मेयर कप फुटवल’ प्रतियोगिता सुरु, प्रतियोगितामा २० टिम


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप फुटवल– २०८३ फुटवल प्रतियोगिता सुरु भएको छ् । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा दोधारा चाादनी नगरपालिकाको वडा नं. ७ बाबाथान खेलमैदानमा नगर स्तरिय तेस्रो मेयर कप फुटवल प्रतियोगिता सञ्चालन भएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् । स्वास्थ्यको लागी खेल, राष्ट्रको लागी खेल नारा सहित दोधारा चाँदनी नगरपालिकाको बाबाथान खेल मैदानमा तेस्रो मेयर कप फुटवल प्रतियोगिता विहिवारबाट सुरु भएको मेयर किशोर कुमार लिम्बुले बताउनुभयो ।

प्रतियोगितामा बिजयता बिजयता टिमलाई बिजय कप, प्रमाण पत्र सहित नगद धनरासी रु. १ लाख १ हजार १ सय रुपिँया र उपबिजयता टिमलाई बिजय कप, प्रमाण पत्र सहित नगद धनरासी रु. ५१ हजार १ सय रुपिँयाको व्यवस्था गरिएको उहाँले बताउनुभएको छ् । युवाहरुले लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न तथा युवाहरुलाई खेलमा रुची बढाउन वर्षेनी खेलमा ठुला लगानी गर्दै आएको मेयर लिम्बुको भनाई छ् ।

प्रतियोगिताले खेलाडी उत्पादन संग खेलको माध्यमबाट नगर क्षेत्रलाई चिनाउन खेलमा वर्षेनी ठुलो बजेट बिनियोजन गरि बिभिन्न खेलका प्रतियोगिता सञ्चालन गर्दै आएका नगर खेलकुद बिकास समिति दोधारा चाादनीका अध्यक्ष तेजराज गिरीले बताउनुभयो । प्रतियोगितामा नगर क्षेत्रका २० फुटवल टिम सहभागी भएका छन् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img