कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत असोज १५ गते वडा अधिवेशन, वडा कार्य समिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका १० वटै वडामा अधिवेशन प्रक्रिया अघि बढाइएको हो । नगरपालिकाका केही वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने, सामाचार तयारपारुन्जेल बाँकी वडामा अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ् ।

वडा अधिवेशनबाट सम्बन्धित वडाको वडा कार्य समिति चयन संगै क्षेत्रीय प्रतिनिधि छनोट गर्ने प्रक्रिया पनि अघि बढाइएको छ् । अधिवेशन मार्फत वडा तहमा नयाँ नेतृत्व चयन हुने भएकाले कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता बढेको छ् ।

दोधारा चाँदनीका १० वटै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन सम्पन्न भएपछि पार्टीको आगामी महाधिवेशनका लागि प्रतिनिधित्व सम्बन्धी प्रक्रिया थप अघि बढेको छ् ।











