स्थानिय निर्वाचन लक्षित गर्दै रास्वपाको दोधारा चाँदनीमा टोल–टोलमा समिति


कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टोल समिति गठन प्रक्रिया सुरु गरेको छ् । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा टोल समिति गठन गर्ने अभियान अघि बढाएको हो । निर्वाचन आयोगले फागुनको अन्तिम साता स्थानिय निर्वाचन गर्ने तयारी थालेसंगै दोधारा चाँदनी नगरपालिकाका सबै वडाका टोलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समित गठन कार्य अघि बढाएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका सदस्य ईन्दु सिंहले जानकारी दिनुभएको छ् ।

उहाँका अनुसार स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै वडाका विभिन्न टोलमा संगठन विस्तारको कामलाई तीव्रता दिइएको छ् । उहाँले नगरका सबै वडाका टोलमा समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

पार्टीको संगठनलाई टोल स्तर सम्म विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँको भनाई छ् । वर्षाको कारण रोकिएको दोधारा चाँदनीमा रास्वपाको टोल समिति गठन कार्य तदारुकताका साथी अघि बढाईएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img