क्षतिग्रस्त दोधाराचाँदनी झोलुङ्गे पुल निर्माण गर्न सुप प्रदेश सरकार तयार


कञ्चनपुर : क्षतिग्रस्त भएको कञ्चनपुर दोधाराचाँदनीको झोपुङ्गेपुल निर्माण(मर्मत)का लागि सुदूरपश्चिम प्रदेश सरकार तयार रहेको जनाएको छ । दोधाराचाँदनी झोपुलेङ्गपुल भत्किएको खबर पाएपछि सुदूरपश्चिम प्रदेश सरकारले गम्भिर चासो दिएको छ । पुल चुडिएकै दिन बुधबार मुख्यमन्त्री खगराज भट्ट, भौतिक पूवधार विकासमन्त्री ओम विक्रम भाट(सरल), उद्योग पर्यटन वन तथा वातावरणमन्त्री प्रकास रावल, अर्थराज्यमन्त्री जानकी कुँवर, पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावल सहितका सासद, स्थानीय जनप्रतिनिधी सडक डिभिजन, भौतिक पूर्वाधार विकास कार्यालय सहितका प्राविधिक कर्मचारीहरुको टोलीले स्थलगत अनुगमन गरेका छन ।

अनुगमनकै क्रममा मुख्यमन्त्री खगराज भट्टले ऐतिहासिक दोधाराचाँदनी झोलुङ्गेपुल चुटिनु दुखत विषय भएकाले जलवायु परिर्वतनको कतै प्रभाव भएको बताए । मुख्यमन्त्री भट्टले भत्किएको पुल निर्माणको विकल्प नभएको बताउँदै उनले प्रदेश सरकारले संघीय सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए । यथाशिघ्र पुल निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने विश्वास दिलाए । मुख्यमन्त्री भट्टले अब प्रकृतिमैत्री विकासमा जोडदिएका छन । भोटेकोशीको नियती सुदूरका कुनैपनि नदीखोला नालाहरुले नभोक्नुपर्ने अवस्था तर्फ केन्द्रीतमा जोडदिए ।

भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाटले महाकाली नदीबाट बर्षनी बढी वा कम नदीजन्य पदार्थ उत्खनन्का कारण भएको बारे अध्ययन गर्नुपर्नेमा जोडदिए । उद्योग पर्यटन वन तथा वातावरणमन्त्री प्रकास रावलले पर्यटकीय दृष्ट्रिकोणबाट समेत पुल शिघ्र निर्माणका लागि पहल गरिने बताए । पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले राजनैतिक तहबाट स्थलगत अनुगमन गरिएसंगै प्राविधिक टोलीले समेत गरेर अघि बढ्नुपर्नेमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img