निजी लगानीमा अपांगता भएकी सिर्जनालाई ह्वीलचेयर


कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–१० की २५ वर्षीया शारीरिक अपांगता भएकी सिर्जना भण्डारीलाई नेपाली कांग्रेस तरुण दल शुक्लाफाँटा नगर अध्यक्ष नरेन्द्रबहादुर चन्दले आफ्नै निजी लगानीमा ह्वीलचेयर प्रदान गर्नुभएको छ। चन्दले मंगलबार भण्डारीको घरमै पुगेर ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो।

दैनिक आवतजावतमा कठिनाइ भोग्दै आएकी भण्डारीलाई सहजता होस् भन्ने उद्देश्यले व्यक्तिगत खर्चमा ह्वीलचेयर उपलब्ध गराएको उहाँले बताउनुभयो। ह्वीलचेयर पाएपछि सिर्जना भण्डारी र उनका परिवारका सदस्यले खुसी व्यक्त गर्दै सहयोगका लागि चन्दप्रति आभार व्यक्त गरेका छन्। ह्वीलचेयरले भण्डारीको दैनिक जीवनयापन तथा घरबाहिर आवतजावतमा केही सहजता हुने परिवारको अपेक्षा छ।

अध्यक्ष चन्दले सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले सक्ने सहयोग निरन्तर गर्दै जाने बताउनुभयो। उहाँले अपांगता भएका व्यक्तिको आवश्यकता पहिचान गरी स्थानीय तह, सामाजिक संघसंस्था तथा व्यक्तिहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।


Loading Viewer...

ताजा समाचार

spot_img