कृष्णपुर नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई बस


कञ्चनपुर : कञ्चनपुरको एक स्थानीय सरकारले सामुदायिक विद्यालयलाई बस सहयोग गरेको छ । कृष्णपुर नगरपालिकाले ६ सामुदायिक विद्यालयलाई बस सहयोग गरेको हो । सार्वजनिक शिक्षा सुधार र सबै नागरिकको शिक्षामा पहुँच पु¥याउने उदेश्यले नगरपालिकाले ६ सामुदायिक विद्यालयलाई ‘विद्यार्थी बस’ सहयोग गरेको जनाएको छ । कृष्णपुर नगरका मेयर हेमराज ओझाले गत आर्थिक बर्ष ०८२÷०८३कै योजना अनुरुप सामुदायिक विद्यालयलाई ‘स्कुले बस’ सहयोग गरेको बताए । मेयर ओझाका अनुसार राष्ट्रिय मावि पहरिया, उदय मावि बंक, नन्द मावि देखतभूली, कृष्ण मावि गुलरिया, महाकाली मावि बसन्तपुर र वीणा मावि विचुवालाई एक÷एक स्कुले बस सहयोग गरिएको छ । मेयर ओझाले ५०सिट क्षमता भएको उक्त बसमा भन्सार राजस्व छुट गराएर सिपर्दी टे«डिङ्ग प्रालि काठमाण्डौँले प्रति बस ४५लाख, ४५ हजारमा आपूर्ति गरेको बताए ।

०२६ मोडल बिएससिक्स ३२सय सिसी क्षमता भएका बसमा विद्यार्थी ओसार्नका लागि बलियो भएको दावि गरिएको छ । मेयर ओझाले नगरका सामुदायिक सार्वजनिक विद्यालय सुधार अभियानका लागि पहिलो पटक स्कुल बसको अवधारणा ल्याएका थिए । नगरका ३२ सामुदायिक विद्यालय रहेका छन । विद्यालयको सबै अवस्थादेखि विद्यार्थी चापका आधारमा खुला निवेदनका आधारमा आवेदन पेश गर्न लगाएर छनौट गरिएको बताए । ‘प्रारम्भिक रुपमा हामीले अहिले नगरका ६ विद्यालयलाई बस सहयोग गरेका छौँ, ‘उनले भने, ‘क्रमिक रुपमा आवश्यक अनुरुप थप विद्यालयलाई पनि सहयोग गछौँ ।’

स्थानीय सरकारबाट विद्यार्थी बस पाएपछि विद्यालय हर्षित हुनुका साथै टाढाका विद्यार्थी ओसार्न सहज भएको बताए । उदय मावि बंकका प्रद्यानाध्यापक बम्मन रानाले विद्यालयलाई बस पाईएसंगै विद्यार्थीलाई विद्यालय आउन जान सहज भएको बताए । नन्द मावि देखतभूलीका अध्यक्ष दिपक खत्री(निर्माण)ले विद्यालयले बस प्राप्त गरेसंगै विद्यार्थीलाई सुुविधा हुने बताए । बुधबार एक कार्यक्रमका विच मेयर ओझाले विद्यालयका प्रद्यानाध्यापक, अध्यक्ष एव शिक्षकहरुलाई सामुहिक रुपमा बसको चाबी हस्तान्तरण गर्दै विद्यार्थीकै सुविधाका लागि विद्यालयको शैक्षिक गुणस्तर बृद्धि तर्फ केन्द्रीत हुन आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img