प्रथम भेट्रान फुटबल प्रतियोगितामा कञ्चनपुर-११ लाई हराउदै कैलारी गाउँपलिका सेमिफाइनलको यात्रा तय ,भोलि बनदेबि र बोराडाडी भेट्रान टिम भिड्ने


कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको प्रथम भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कैलारी गाउँपालिकाले कञ्चनपुर -११ भेट्रान टिमलाई हराउदै पहिलो जित दर्ता गरेको छ।आज आइतबार भएको दोस्रो दिनको खेलमा कैलारी गाउँपालिका भेट्रान टिम र कञ्चनपुर -११ भेट्रान बिच भएको प्रतिस्पर्धात्मक रोमाञ्चक खेलमा कैलारी गाउँपालिका टिमले दोस्रो हाफको ईन्जुरी समयमा १-० गोलको अन्तरले कञ्चनपुर लाई पाखा लगाउँदै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको आयोजकले जानकारी दिएको छ। सोमबार हुने तेस्रो दिनको खेल बनदेबि युवा क्लब,अत्तरिया र बोराडाडी भेट्रान टिम बिच दिउँसो १२ बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजक क्लबका अध्यक्ष डबल बहादुर थापाले बताएका छन् ।
प्रतियोगितामा ३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँनेछन् भने प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिता मंसिर २० देखि २७ गते सम्म संचालन हुने प्रतियोगिताका सम्पुर्ण खेल नकाउट आधारमा खेलाइने छन् ।प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा प्रथम पुरुस्कार ४० हजार र द्धितीय पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान रहेको छ।

Loading Viewer...

ताजा समाचार

spot_img