कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको प्रथम भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कैलारी गाउँपालिकाले कञ्चनपुर -११ भेट्रान टिमलाई हराउदै पहिलो जित दर्ता गरेको छ।
आज आइतबार भएको दोस्रो दिनको खेलमा कैलारी गाउँपालिका भेट्रान टिम र कञ्चनपुर -११ भेट्रान बिच भएको प्रतिस्पर्धात्मक रोमाञ्चक खेलमा कैलारी गाउँपालिका टिमले दोस्रो हाफको ईन्जुरी समयमा १-० गोलको अन्तरले कञ्चनपुर लाई पाखा लगाउँदै प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको आयोजकले जानकारी दिएको छ। सोमबार हुने तेस्रो दिनको खेल बनदेबि युवा क्लब,अत्तरिया र बोराडाडी भेट्रान टिम बिच दिउँसो १२ बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजक क्लबका अध्यक्ष डबल बहादुर थापाले बताएका छन् ।
प्रतियोगितामा ३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँनेछन् भने प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिता मंसिर २० देखि २७ गते सम्म संचालन हुने प्रतियोगिताका सम्पुर्ण खेल नकाउट आधारमा खेलाइने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा प्रथम पुरुस्कार ४० हजार र द्धितीय पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान रहेको छ।



