कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बाढीको उच्च जोखिम रहेका बस्तीमा सामुदायिक विपद् व्यवस्थापन समितिहरुले घरदैलोमा पुगेर तथा माइकिङ मार्फत स्थानीयलाई सचेत गराउन थालेका छन् । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गते सम्म हावाहुरी संगै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीयस्तरमा पूर्वतयारी थालिएको हो । विशेषगरी दोधारा चाादनी नगरपालिका–३ स्थित पटराखल्ला बस्तीमा बाढीको जोखिम बढेपछि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिला सहित अति आवश्यक सामग्री सुरक्षित स्थानमा सार्न थालिएको दोधारा चाँदनी नगरपालिका कायालयका विपद् फोकल पर्सन अमृत बिकले जानकारी दिनुभएको छ् ।

जनप्रतिनिधि, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगमा जोखिममा रहेका स्थानीयलाई नजिकैको रहेको जमुना आधारभूत विद्यालयमा सार्न थालिएको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगर क्षेत्रमा रहेको सामुदायिक विपद् व्यवस्थापन समितिहरुले तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियबासीहरुलाई स्थानीयलाई सुरक्षित रहन आग्रह गर्दै घरदैलो गर्दै आएको सामुदायिक विपद् व्यवस्थापन समितिहरुले बताएका छन् ।











