धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ। आफ्नो आवाससहित गास, बासको समस्या समाधान गरिदिन माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो।

मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। कार्यक्रममा कृषि मन्त्री दमन बहादुर भण्डारी भौतिक पुर्वाधार राज्यमन्त्री जानकी देवि कुवर कृषि मन्त्रालयका कर्मचारी नापि शाखा कैलाली प्रमुख मालपोत कार्यालय कैलाली प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।











