कञ्चनपुर जिल्ला भलिबल संघको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः श्याम सिंह मौनी


महेन्द्रनगर: कञ्चनपुर जिल्ला भलिबल संघको आज सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट अध्यक्षमा श्याम सिंह मौनी चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा अन्जु जोशी र मान सिंह रावत, सचिवमा उत्तम विष्ट र कोषाध्यक्षमा भरतबहादुर चन्द चयन भएका छन्।

यसैगरी सदस्यहरूमा तेजबहादुर चन्द, गीता ओली, गंगादत्त अवस्थी, नवराज भट्ट, जानकी जोशी र सागरदेव भट्ट चयन हुनुभएको छ। संघको छैटौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै कञ्चनपुरमा भलिबल खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि संघले आगामी चार वर्षमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सभापति कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनी प्रमुख अतिथि कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह विशिष्ट अतिथिमा नेपाल भलिबल संघका केन्द्रिय समिति उपाध्यक्ष हरक सिंह धामी लगायत खेलप्रेमी खेलाडीको उपस्थिति रहेको थियो।
भलिबल खेलमा अतुलनीय योगदान पुगाउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेत सम्मान साथ दोसल्ला र प्रमाणपत्र वितरण समेत गरिएको संघले जनाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img