दोधारा चाँदनीमा जिल्ला स्तरिय अन्डर–१९ क्रिकेट टिम छनौट खेल सञ्चालन


कञ्चनपुर । कञ्चनपुर क्रिकेट संघको आयोजनामा दोधारा चाँदनी नगरपालिकाको खेल मैदानमा जिल्ला स्तरिय अन्डर–१९ क्रिकेट टिम छनौटका लागि छनौट खेल सञ्चालन सञ्चालन भएको छ् । तिन दिन सम्म सञ्चालन हुने भनिएको छनौट खेलमा कञ्चनपुरका विभिन्न क्षेत्रबाट गरी २८ जना युवा सहभागी भएका छन् । छनौट खेल ५० ओभरको ढाँचामा खेल सञ्चालन भईरहेको दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास समितिका उपाध्यक्ष रमेश सिंह साँउदले जानकारी दिनुभएको छ् ।

छनौट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्ला स्तरिय अन्डर–१९ क्रिकेट टिममा समावेश गरिने उपाध्यक्ष रमेश सिंह साँउदले बताउनुभयो । छनौट प्रक्रियामा दोधारा चाँदनी नगरपालिकाबाट समेत ३ जना खेलाडी सहभागी भएको उपाध्यक्ष साँउदले बताउनुभएको छ् । युवा खेलाडीको प्रतिभाको पहिचान गर्दै जिल्लामा अन्डर–१९ क्रिकेट टिम निर्माण गर्ने उद्देश्यले छनौट खेल आयोजना गरिएको उहाँले बताउनुभयो ।

दोधारा चाँदनीमा जिल्ला स्तरीय क्रिकेट छनौट खेल आयोजना भएपछि स्थानीय खेलाडी तथा खेल प्रेमीहरुमा उत्साह थपिएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img