कञ्चनपुर । संविधान दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ् । १२ औं संविधान दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिका कार्यालय, सडक क्षेत्र, नगर अस्पताल, वडा कार्यालय तथा पशु पंक्षी तथा मत्स्य बिकास शाखा कार्यालयमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टले जानकारी दिनुभएको छ् । सरसफाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश चन्द्र जोशी नेतृत्वमा कर्मचारीहरुको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको योजना अधिकृत भानदेब भट्टले बताउनुभयो ।


कञ्चनपुर जिल्ला समन्वय समितिको बैठकले जिल्ला भरिका पालिकाहरुमा राष्ट्रिय झण्डा फहराउने, दिपावली गर्ने र सरसफाई कार्यक्रम सञ्चालन गरि संबिद्यान दिवस मनाउने निर्णय भए बमोजिम दोधारा चाँदनी नगरपालिकाले निर्देशन अनुसार कार्यक्रम अघि बढाएको दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेब भट्टले बताउनुभएको छ् । सरसफाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका कर्मचारीहरुले नगरपालिका कार्यालय, नगर अस्पताल, वडा कार्यालयमा रहेका फोहर संकलन तथा ब्यवस्थापन गरेका थिए ।


यस अघि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको उत्थानशिल युवा सञ्जाल लगाएत सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले बेलाबखत सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।











