अपाङ्गता भएका महिलालाई सहकारीमा आबद्ध गराउन पुर्व सहकारी शिक्षा कार्यक्रम

कञ्चनपुर,
अपाङ्गता भएका महिलालाई सहकारीमा आबद्ध गराउनका लागि पुर्व सहकारी शिक्षा कार्यक्रम गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तरगतको रजिष्ट्रार अधिकारीको कार्यालयको आयोजनामा शनिबार नेपाल अपाङ्ग महिला संघको समन्वयमा शनिबार कञ्चनपुरका अपाङ्गता भएका महिलालाई सहकारीमा आबद्ध गराउनका लागि पुर्व सहकारी शिक्षा कार्यक्रम गरिएको हो ।अपाङ्गता भएका महिलालाई पनि सहकारीमा आबद्ध गराई उनीहरुलाई समेत सहकारी मार्फत स्वाबलम्बन बनाउनका लागि सहकारी सम्बन्धी जानकारी दिईएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रजिष्ट्रार अधिकारी कार्यालयका देवराज पन्तले सहकारीको व्यवस्था, नियम, ऐन सहित सबै पक्षबारे जानकारी गराएका थिए ।नेपाल अपाङ्ग महिला संघकी कञ्चनपुरकी अध्यक्ष अनिता ढुङ्गानाले अपाङ्गता भएका महिलालाई सहकारीमा जोड्ने बताए । उनले जिल्लाका ९ स्थानीय तहमा रहेका स्वावलम्बी समुहलाई बहुउदेश्यीय सहकारी मार्फत आर्थिक उत्पादन एव क्षमता अभिबृद्धि गरिने बताए । सहकारी मार्फत अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाईनेछ ।
नेपाल अपाङ्ग महिला संघकी कञ्चनपुरकी अध्यक्ष अनिता ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनपुर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमसिह भाटको प्रमुख आतित्यमा कार्यक्रम भएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रजिष्ट्रार अधिकारी कार्यालयका अधिकृत हंसराज भट्ट, नासु देवराज पन्त, महिला अपाङ्गता स्वाबलम्बी समुहका आबद्ध भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार