सातौँ फारवेस्ट कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने


कञ्चनपुर- सातौँ फारवेस्ट कप विद्यालयस्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको श्री फारवेस्ट इन्टरनेशनल स्कुल, पुनर्वास–१० को आयोजनामा सातौँ फारवेस्ट कप विद्यालयस्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको आयोजकले बताएको हो।

प्रतियोगिता असोज १७ गते शनिबार फारवेस्ट इन्टरनेशनल स्कुलको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले रु. ५० हजार तथा उपविजेताले रु. २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीलाई जनही पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विद्यालयस्तरीय प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीलाई टिम दर्ताका लागि आह्वान गरिएको छ। आयोजकका अनुसार प्रतियोगिता फिफाको नियमअनुसार सञ्चालन हुनेछ।


Loading Viewer...

ताजा समाचार

spot_img