तिज महोत्वस सञ्चालन गरेर भोटेकोशीका बाढी पिडितलाई राहत संकलन


कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षति प्रति दु:ख व्यक्त गर्दै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ९ स्थित रहेको कालिका हाँट बजार समितिले राहत संकलन कार्य सुरु गरेको छ् । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कालिका हाँट बजार समितिले सोमवार र मंगलवार गरि दुई दिन तिज महोत्वस सञ्चालन गरि रसुवाको भोटेकोशीका बाढी पिडितहरुलाई राहत संकलन कार्य सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले बताउनुभएको छ् ।

संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने वडाध्यक्ष गोपीलाल कडेंलले बताउनुभयो । आपत विपद्को समयमा पीडितहरुको घाउमा मलम लगाउन सकियोस् भन्ने उद्देश्यले महोत्वस सञ्चालन गरि राहत रकम संकलन कार्य अघि बढाईएको वडाध्यक्ष कडेंलले बताउनुभएको छ् ।

उहाँले विपद्को समयमा सहयोगको हात बढाउनु सबैको कर्तव्य र उत्तरदायित्व भएको बताउनुहुदै सहयोग गर्ने सम्पूर्ण महिला दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img