दोधारा चाँदनी नगरपालिका–१० कालिका हाट बजार क्षेत्रमा तीन वटा मोटरसाईकल एक आपसमा ठोक्किदा ८ जना घाइते भएका छन् । कालिका हाट बजार देखि फकिरे चौराह तर्फ गइरहेको डिएल ५ एसएजेट ९४०५४ नम्बरको भारतिय मोटरसाईकल र विपरीत दिशाबाट आएको युके ० ६ ए यु ४२०५ नम्बरको स्कुटर एक आपसमा ठोक्किएपछि नजिकै रहेको सुपप्र०२–००३ प २२६२ नम्बरको मोटरसाइकल समेत उछिट्टिएर ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा स्कुटर चालक आकाश सुनारको दायाँ खुट्टामा चोट लागेको छ् । घाइते हुनेमा दोधारा चाँदनी–१० लाकुरे टोलका प्रेम सुनार, नर बहादुर मगर, रमा मगर, रोशन सुनार, कालु खत्री, अन्दाजी ११ वर्षीय रिदम सुनार र अन्दाजी २२ वर्षीय रोशन सुनार रहेका छन् । घाइते सबैलाई दोधारा चाँदनी नगर अस्पतालमा प्राथमिक उपचार गरिएको छ् ।

आकाश सुनार र प्रेम सुनारलाई थप उपचारका लागि भारत रेफर गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।











