कञ्चनपुर : भिमदत्त नगरपालिका–१२ का युवाहरूले ‘आफ्नो गाउँ आफैं बनाऔं अभियान’ को थालनी गरेका छन्। सरकारी निकायको मात्रै भर नपरी स्थानीय स्तरमै विकास तथा सरसफाइका काममा युवाहरूको सहभागिता बढाउने उद्देश्यले अभियान सुरु गरिएको हो। युवाहरूले स्वस्फूर्त रूपमा सहयोग जुटाउँदै अभियानको सुरुवात गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी को भीमदत्त १२ वडा समिती का पधाधिकारी स्थनीय ले स्वस्फूर्त रूपमा सहयोग जुटाई कार्यको थालनी गरिएको रा .स्व .पा.भिमदत्त नगरपालिका १२ वडा सभापती कमल विष्ट ले जानकारी दिनुभएको छ।

अभियानअन्तर्गत टोल–बस्तीको सरसफाइ, सार्वजनिक स्थलको संरक्षण, सडक तथा पूर्वाधार सुधारलगायत स्थानीय आवश्यकताका काममा सामूहिक सहभागिता जनाउने बताइएको छ। स्थानीय युवाहरूले समाज परिवर्तनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने भावनाका साथ अभियानलाई निरन्तरता दिने बताएका छन्।











