महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना भएको मैत्रीपुर्ण महिला फुटबलमा अल स्टार युवा क्लबले जितको छ।

जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नं.०१ मा रहेको अल स्टार युवा क्लबले आयोजना गरेको ९औं संस्करण बेल्डाँडी खुला फुटबल प्रतियोगिता-२०८३ उद्घाटन समारोहको पुर्व सन्ध्यामा भएको महिला मैत्रीपुर्ण खेलमा अल स्टार युवा क्लबले जित निकालेको प्रतियोगिता संयोजक मनोज खडायतले बताउनु भयो।

उनका अनुसार, मैत्रीपुर्ण खेलमा अल स्टार युवा क्लब र जय लक्ष्मी क्लब बीच भएको खेलमा अल स्टारले १०-० गोलको अन्तरले जय लक्ष्मीलाई हराउँदै रोमाञ्चक जित निकालेको हो।












