रसुवा बाढीपीडितका लागि अल स्टार युवा क्लबद्वारा १० हजार १ सहयोग


महेन्द्रनगर: रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ स्थित अल स्टार युवा क्लबले रु. १० हजार १ रुपैयाँ सहयोग गरेको छ।

रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले क्लबले उक्त रकम प्रदान गरेको हो।

विपद्को दुःखद घडीमा रसुवाका बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सेवाको भावनाले सहयोग गरिएको क्लबले जनाएको छ। खेलकुदका गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको क्लबले विपद्का समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेल्डाँडी गाउँपालिका–१ स्थित अल स्टार युवा क्लबले यसअघि पनि सामाजिक तथा मानवीय कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ। रसुवा बाढीपीडितका लागि गरिएको सहयोगले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने क्लबले विश्वास व्यक्त गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img