कञ्चनपुर : कञ्चनपुरमा बढ्दो लागुऔषध समस्याबारे सांसद ज्ञानेन्द्र सिंह महताले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। आर्थिक वर्ष २०८२/८३ मा कञ्चनपुरमा दर्ता भएका ७३५ मुद्दामध्ये ४०९ वटा लागुऔषधसम्बन्धी रहेको तथ्य प्रस्तुत गर्दै सांसद महताले सीमा क्षेत्रमा आधुनिक प्रविधिसहित सुरक्षा निगरानी कडा बनाउन, सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न र जनचेतनामूलक कार्यक्रम विस्तार गर्न सरकारसँग माग गर्नुभएको छ।

त्यसैगरी, लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनर्स्थापनाका लागि पर्याप्त पुनर्स्थापना केन्द्र स्थापना गर्न र महाकाली प्रादेशिक अस्पतालमा ओएसटी सेवा सञ्चालन गर्न समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ। “लागुऔषध नियन्त्रण गरौँ, युवा पुस्ताको भविष्य जोगाऔँ।”भन्दै लागुऔषध नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, समुदाय र नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।











