हल्दुखालमा श्री सिद्ध बैजनाथ गौरादेवी मन्दिरको उद्घाटन


कञ्चनपुर : कञ्चनपुरको उत्तरी गाँउ हल्दुखालमा श्री सिद्ध बैजनाथ गौरादेवी मन्दिरको उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका ७हल्दुखाल केराबारी टोलमा रहेको श्री सिद्ध बैजनाथ गौरादेवी मन्दिरको उद्घाटन गरिएको हो । बिहीबार एक कार्यक्रमका विच उक्त सिद्ध बैथनाथ गौरादेवी मन्दिरको नवनिर्मित पक्की भवनको उद्घाटन गरिएको जनाएको छ । समाजसेवी एव गाँउका जेष्ठ नागरिक देवकी देवी बम, लक्ष्मी देवी बम सहितका जेष्ठ नागरिक मन्दिर समितिका पदाधिकारी सदस्य सहितका स्थानीयहरुको उपस्थितिमा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले अनलाईन मार्फत उद्घाटन गरेको मन्दिर समितिले जनाएको छ ।

श्री सिद्ध बैजनाथ गौरादेवी मन्दिर समितिका अध्यक्ष केशव दत्त जोशीले बषौँदेखि रहेको पुरानो मन्दिरको भवन नयाँ पक्की बनाएको बताए । अध्यक्ष जोशीका अनुसार समाजसेवी समेत रहेका स्थानीय गणेश बहादुर बमले उक्त मन्दिर निर्माणका लागि मन्दिरलाई जमिन दान गरेका थिए । ‘यहाँ हाम्रो पहिल्यै बषौँदेखि मन्दिर थियो, ‘उनले भने, ‘कच्ची भएको हुँदा दर्शनार्थीहरुलाई पुजा आराधाना गर्न असहज भएको थियो, हामी गाँउले स्थानीय मिलेर श्रमदानदेखिका भीमदत्त नगरपालिकाको समेत सहयोगमा मन्दिरको पक्की भवन निर्माण गर्न सफल भएका छौँ ।’

मन्दिरमा पुजा हवन, मूर्ति सहित भजनकृतन लगायतका पुजा आराधानका लागि सरचना बनाईएको छ । आधुनिक मन्दिर निर्माणसंगै दर्शनार्थीहरुलाई धार्मिक, साँस्कृतिक कार्यक्रम गर्न सहज भएको छ । मन्दिर समितिले जमिनदाता गणेश बहादुर बम सहितका मन्दिरको सरक्षण, जोर्गोनादेखि नयाँ भवन निर्माणसम्मै सहयोग गर्ने संघ संस्था, कार्यालय, व्यक्ति महानुभावहरुप्रति हार्दिक अभार प्रकट गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img