महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर स्थित शब्जीमण्डीको अनुगमन गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्यायको नेतृत्वमा खटिएको अनुगमन टोलीले शब्जीमण्डी क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा भारतबाट भन्सार छली गरी ल्याइएको ३१ किलो कागती बरामद गरिएको प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

भारतबाट अबैधरुपमा बजारमा कागती भित्रिएको भन्ने उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा बरामद गरिएको कागती कञ्चनपुर भन्सार कार्यालयलाई बुझाइएको उनले बताए । भन्सार छली गरेर अबैधरुपमा कारोबार नगर्न प्रशासनले आग्रह समेत गरेको छ ।











