दोधारा चाँदनीमा बरामद सुन गहना पत्रकार सम्मलेन मार्फत सार्वजनिक


कञ्चनपुर । कञ्चनपुरको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले चोरीका घटनामा बरामद गरिएका सुनका गहना बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ् । प्रहरीका अनुसार भारतबाट चोरी भएको सुनका गहना २२ दिन पछि पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले पत्रकार सम्मेलनमा बरामद गरिएका ३४ वटा घडी लगाएत विभिन्न प्रकारका सुनका गहनाको अनुमानित मूल्य रु. ६२ लाख १६ हजार रुपैयाँ रहेको जानकारी दिनुभएको छ् ।पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका गहना सम्बन्धित भारतिय नागरिक धनी साहिल धवनलाई बुझाइएको छ् ।

गहना बुझ्दै धवनले नेपाल प्रहरीले चोरी भएका गहना मध्ये केही पाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ् । साथै उनले आफूबाट चोरी भएका सम्पूर्ण गहना मध्ये सार्वजनिक गरिएका गहना आधा मात्र रहेको दाबी गर्नुभयो । भारतिय नागरिक धवनका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका लोकेश धामी र आशिष रोकायाले गहना लिएर फरार भएका थिए । उहाँका अनुसार प्रहरीले लोकेश धामीबाट बरामद भएका गहना मात्रै फेला पारेको छ भने आशिष रोकाया संग बाँकी गहना अझै प्राप्त हुन सकेको छैन् ।

बाँकी गहना पनि यथाशीघ्र खोजी गरी उपलब्ध गराइदिन उहाँले नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ् । पत्रकार सम्मेलनमा जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा पत्रकारहरुले बरामद प्रकृया तथा प्रहरीले तयार गरेको मुचुल्का सम्बन्धी विभिन्न प्रश्न उठाएका थिए । त्यसको जवाफमा प्रहरी अधिकारीहरुले सम्पूर्ण प्रकृया कानुनपुर्वक गरिएको बताएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img