पप्पु गुरुङ्ग, कञ्चनपुर । बैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा गएका दोधारा चाँदनी नगरपालिका– ७ का वर्ष अन्ताजी ३५ का मान बहादुर गाहा मगरको घरपरिवारमा अहिले बिचिल्ली छ् । झण्डै २ वर्ष अघि कञ्चनपुरको दोधारा चाँदनीबाट बैदेशिक रोजगारीको लागी कुवेत गएका मान बहादुर गाहा मगरको मृत्युको खबर पाएपछि अहिले घरपरिवारमा शोकले छाएको छ् । मृतक भनिएको मान बहादुर घरको कान्छा छोरा थिए । उनको धर्मपत्नी सहित १ छोरा र १ छोरी छन् । ‘घरमा फोन गरि बिदामा आउदै छु भन्दै थियो’, मृतकका आमा भविसरा गाहा मगरले भने, ‘छोरा मरेको खबर सुन्नुपर्यो ।’ रुदै भनिन् । ‘घरको समस्या देखेरे छोरा कमाउन परदेश हानियो । तर, अब कहिल्यै नफर्किने गरी हामीबाट बिदा भयो’, गहभरि आासु पारेका भविसराले भने ।

‘छोराको मृत्युको खबर सुन्दा सपना जस्तो लाग्यो, पत्यारै लागेन । आखिर दैवले लगेकै रै’छ । यो साल ठूलो दशा लाग्यो मलाई । सास त गैसक्यो । लाश आएपनि छोराको काजकिरिया गर्नुहुन्थ्यो’, भविसरा भक्कानिए । आमा भविसरा अहिले दिनरात छोराकै वियोगमा छटपटाइरहेकी छन् । ‘भगवानले ठगे पछि कसैको केही लाग्दो रहेनछ’, उनले भनिन्, ‘रातमा सुत्न खोज्छु छोराको यादले निन्द्रा पर्दैन् । दिनमा यसो साथी भाई संग बोलेर भुल्ने कोसिस गर्छु ।’

ऋण गरेर छोरालाई विदेश पठाएको उनले बताईन् । ‘नेपाल सरकारको पहलमा छोराको लाश घरमा ल्याएर काजकिरिया सक्न पाए साहुको ऋण तिर्ने तर्फ लाग्नुहुन्थ्यो’, उनले भनिन् । मृत्यु भएका आज १४ दिन बितिसक्दा पनि छोराको शवको पर्खाईमा भविसराको घरपरिवार नेपाल सरकारले ल्याईदेला भन्ने आशमा बस्दै आएका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र महता लगाएत सबै सित आफ्नो छोराको शव ल्याईदिन आग्रह गर्दै आएपनि घर सम्म शव ल्याउने कुनै संकेत देखा नपरेको भविसरा गाहा मगर बताउछन् ।










