सनवोरा नदीमा पुल निर्माणका लागि भूमिपूजन


झलारी : शुक्लाफाँटा नगरपालिका २ र ३ स्थीत सनवोरा नदीमा बन्ने पक्कि पुल निर्माणका लागि भूमि पूजनको कार्य गरिएको छ । भूमि पूजन संगै पुल निर्माण कार्यको सुभारम्भ गरिएको छ । दुवै वडाका वडा अध्यक्ष द्धय भोंदुराम डगौरा, नरेन्द्रप्रसाद चौधरी, पूर्वाधार विकास कार्याल कञ्चनपुरका प्रमुख लगायतको सहभागीतामा भूमिपूजनको कार्य गरिएको हो ।

नगरपालिकाको चक्रपथ सडक जोडनका लागि रु नौ करोड बढीको लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चुडामणी भट्टले बताउनु भयो । निवर्तमान आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले चुनावका बेला नदीमा पुल निर्माण गर्ने प्रतिवद्धता गर्नु भएको थियो । सोही प्रतिवद्धता अनुसार पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरी कार्य अगाडी बढाईएको समाजसेवी करन सिंह ऐरले बताउनु भयो ।

यहाँका बासिन्दालाई नदी वारपार गर्न निकै समस्या थियो उहाँले भन्नुभयो, त्यसै कुरालाई मध्यजनगर गरी नदीमा पुल बन्न लागेको छ । नदीमा पुल निर्माण हुन थालेपछि स्थानिय बासिन्दाले खुसि व्यक्त गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img