पप्पु गुरुङ्ग, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्धारा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ महाकाली नदी छेउ नजिक मालिका मध्यवर्ती सामुदायिक बन क्षेत्रको जग्गामा राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीले झण्डै २ सय ५० बिभिन्न प्रजातीका बिरुवा रोपिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका सभापती पुरन कुमालले जानकारी दिनुभएको छ् । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा वृक्षरोपणको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।


‘सामुदायिक वन जोगाऔं, हरियाली बढाऔं, सुखी समृद्धि बनाऔं’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा वातावरणीय संरक्षण, जैविक विविधताको संम्वद्र्धन तथा हरित वातावरण निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिदै जानु पर्ने सभापती पुरन कुमालले बताउनुभयो । हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनी, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) कञ्चनपुरको सहयोग र राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनी नगर कार्यसमितिको आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभएको छ् । बृक्षरोपण कार्यक्रममा बोल्दै हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको संयोजक पदम बहादुर सिंहले वृक्षरोपण अभियानले वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण न्यूनीकरण गर्न तथा हरित शहर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ् ।


स्थानीय स्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक वनको संरक्षण, विकास र दिगो व्यवस्थापनमा बृक्षरोपण कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने संयोजक पदम बहादुर सिंहले बताउनुभयो । नगरपालिका क्षेत्रमा आगामी दिनहरुमा बृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिदै जाने उहाँले बताउनुभएको छ् ।

वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम सामूहिक वृक्षरोपण तथा जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगर कार्य समितिले जनाएको छ् ।










