कञ्चनपुर । हिमालय मध्यवर्ती उपभोक्ता समितिद्धारा दोधारा चाँदनी नगरपालिकामा वन्यजन्तु पिडितहरुलाई टर्च लाईट बितरण गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको हिमालय मध्यवर्ती उपभोक्ता समितिले सामुदायिक बन नजिकमा बसोबास गर्ने स्थानियबासीहरुलाई वन्यजन्तुले गर्दै आएको अन्नवालीमा क्षती तथा मानविय क्षती रोक्न ५० थान बढी टर्चलाईट बितरण गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका संयोजक पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । हिमालय मध्यवर्ती उपभोक्ता समितिको सहयोगमा सामुदायिक बन नजिक बसोबास गर्ने वन्यजन्तु पिडितहरुका लागी उक्त टर्च बितरण गरिएको उहाँले बताउनुभएको छ् ।


टर्च बितरण संगै ३ वटा सामुदायिक बनका बन हेरालुलाई सम्मान सहित उनिहरुको लागी आवश्यक सामग्री बितरण गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समितिका संयोजक पदम बहादुर सिंहले बताउनुभयो । पछिल्लो समय संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरणले गर्दा वन्यजन्तुहरुले आफ्नो वासस्थान छोडी गाँउ बस्तीमा पस्ने गरेको उहाँको भनाई छ् । टर्च बितरण कार्यक्रममा बोल्दै स्थानियबासी राधिका भट्टले हिमालय मध्यवर्ती उपभोक्ता समितीले वन्यजन्तुको आतंकलाई रोक्न गरिएको कार्यक्रमहरु प्रशंसनिय रहेको बताउनुभएको छ् ।


दोधारा चाँदनी नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतिय जंगलबाट बस्ती भित्रिने वन्यजन्तुले किसानहरुले लगाएको अन्नवाली र समय समयमा मानविय क्षती बनाउदै आएको उहाँले बताउनुभयो । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकार, संरक्षण संस्था, स्थानीय समुदाय र नागरिक समाज बिचको सहकार्य अपरिहार्य रहेको राधिका भट्टले बताउनुभएकोृ छ् ।

संरक्षणको अर्थ वन्यजन्तु मात्र जोगाउनु नभई, स्थानीय समुदायको जिवन र जिविकाको सुरक्षा सुनिश्चित गर्नु पनि रहेको उहाँको भनाई रहेको छ् ।










