कञ्चनपुर ,
कञ्चनपुरको महेन्द्रनगरमा अपाङ्गता समावेशी बिकास सम्बन्धी अन्तक्रिर्या कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
बुधबार सिबिएमको आर्थिक सहयोगमा नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको आयोजनामा अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रममा आयोजना गरिएको कार्यक्रम संयोजक पुजा पन्तले जानकारी गराउनु भएको हो।
उनका अनुसार अपाङ्गता समावेशी बिकास सम्बन्धी एक दिने कार्यक्रममा सहजीकरणका साथै प्रशिक्षण संवाङगिण अपाङ्गता विकास समाज नेपालका अध्यक्ष नन्द राम भट्ट ले दिनु भएको थियो। अपाङ्गता समावेशी विकासको अवधारणा ,समावेशी शिक्षा र कानुन प्राबधान ,स्थानीय सरकारको भुमिका बारेमा विशेष ख्याल राख्नु पर्ने र आगामी दिनमा अपाङ्गता समावेशी विकासमा नेपालमा समावेशी शिक्षाका लागि स्थानीय सरकारको भुमिका र योजना तर्जुमाका बारेमा छलफल गरिएको थियो।
कञ्चनपुरका दुई पालिकाले अबका दिनमा स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरुका पहुच युक्त भौतिक संरचना ,समावेशी शिक्षामा विशेष ख्याल राख्नुको साथै निरन्तर आफ्नो तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भो। यसरी कुनै पनि कार्यमा होस् वा कुनै पनि निकायले भौतिक संरचनाको निर्माण गर्दा अपाङ्गता मैत्रीपुर्ण भौतिक संरचना बनाउनु पर्ने हुन्छ तर अधिकांशले व्यवस्थापनमा समेत मनोमानी गर्ने गरेको छ। यस विषयमा तत्काल सम्बन्धी निकायको ध्यानाकर्षण हुनु जरुरी रहेको छ।



