किशोर तामाङ्क/कञ्चनपुर : कञ्चनपुरको पुर्नवास स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । सीमावर्ती पुर्नवास नगरपालिकाले आगामी आर्थिक बर्ष ०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । मगलबार १९ औँ नगर सभा तथा अधिवेशनबाट नीति, कार्यक्रम तथा बजेट ल्याएको जनाएको छ ।

पुर्नवास नगरका मेयर तोय प्रशाद शर्माले ७६ करोड, १७ लाख, ११ हजार बराबरको बजेट ल्याएको छ । मेयर शर्माले आगामी आर्थिक बर्षमा ४ करोड बराबरको आन्तरिक आय हुने अपेक्षा गरिएको छ । गत २३ र २४ भदौँ ०८२ जेनजी आन्दोलनबाट क्षतिग्रस्थ भएको कार्यालयदेखिका सवारी साधन सहितका अन्य साधन पुर्ननिर्माण गरिने लक्ष्य अघि सारेको छ । मेयर शर्माले लोकतान्त्रिक मार्ग निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार, समाजिक विकास सहितका कार्यक्तम प्राथमिकतामा राखिएका छन ।

मेयर ओझाले यस अघिदेखि स्थानीय किसान र उत्पादित बस्तु प्रर्बद्धनका लागि विगतका बर्षहरुमा संचालन गर्दै आएको सयुक्त साझेदारी कार्यक्रमले समेत निरन्तरता पाएको छ । सीमावर्ती पुर्नवास नगरको एकीकृत दिगो विकास र सम्बृद्धिका कार्यक्रम संचालन गरिनेछन ।







