वेदकोटमा वैदेशिकबाट फर्किएकाहरूलाई उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन


वेदकोट: कञ्चनपुरको वेदकोट नगरपालिकामा आन्तरिक रोजगार प्रवद्र्धनका लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, वेदकोट नगरपालिकाको आयोजनामा सुरु भएको उक्त कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारबाट प्राप्त सीप, अनुभव र पूँजीलाई उत्पादनमूलक तथा स्वरोजगारमुखी क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुका साथै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ । तालिममा सहभागीहरूलाई व्यवसाय सञ्चालन, उद्यम विकास, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन, व्यवसाय योजना निर्माण तथा स्वरोजगारका सम्भावनाबारे जानकारी प्रदान गरिनेछ । साथै सफल उद्यमी बन्न आवश्यक ज्ञान, सीप र व्यवहारिक अनुभवसमेत साझा गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख भोजराज बोहराले वैदेशिक रोजगारबाट फर्किएका दाजुभाइ तथा दिदीबहिनीहरूले विदेशमा सिकेको सीप, अनुभव र पुँजीलाई स्वदेशमै सदुपयोग गर्न सकून् भन्ने उद्देश्यले यो उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।रोजगारीका लागि विदेश जानु मात्र विकल्प होइन, आफ्नै ठाउँमा उद्यम स्थापना गरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम महत्वपूर्ण रहेको जानकार िगराउनु भयो ।वेदकोट नगरपालिकाले उत्पादन, स्वरोजगार र उद्यम विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै विभिन्न स्वरोजगार उन्मुख तालिम कार्यक्रमहरु पनि संचालन गरीएको बताउनु भयो ।यस तालिमबाट सहभागीहरूले व्यावसायिक योजना निर्माण, उद्यम सञ्चालन तथा बजार व्यवस्थापन सम्बन्धी ज्ञान हासिल गरी सफल उद्यमी बन्ने विश्वास लिएको बताउनु भयो । यसैगरी नगर उपप्रमुख तुलसी जोशिले विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई स्थानीय स्तरमै उत्पादन तथा उद्यमसँग जोड्न नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।

यसले स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने विश्वास लिएको बताउनु भयो । “वैदेशिक रोजगारबाट फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजीलाई आफ्नै गाउँ–ठाउँमा सदुपयोग गर्न सके स्थानीय स्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने बताउनु भयो । यही उद्देश्यका साथ वेदकोट नगरपालिकाले आन्तरिक रोजगार प्रवद्र्धन तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको हो । युवाहरूलाई आत्मनिर्भर बनाउने, स्वरोजगारमा जोड्ने र विदेश पलायनको बाध्यता कम गर्ने नगरपालिकाको लक्ष्य रहेको जानकारी गराउनु भयो ।

नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक सहजीकरण, प्राविधिक सहयोग तथा सम्भावित साझेदारीमा निरन्तर साथ दिने प्रतिवद्धता जाहेर गर्नुभयो ।वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको ज्ञान, सीप र अनुभवलाई स्थानीय विकास तथा आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनु भयो । उनीहरूले युवाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।रोजगार संयोजक भोजराज अवस्थीले पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका युवा तथा इच्छुक उद्यमीहरूको सहभागिता रहेको बताउनु भयो । कार्यक्रमबाट सहभागीहरूलाई स्वरोजगार तथा साना व्यवसाय स्थापना गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको उहाँको भनाई रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img