होटल स्वीट ड्रिममा भएको कार्यक्रममा लफडा पत्रकार जनप्रतिनिधीविच हातपात धकेलाधकेल, बालबालिका त्रसित


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले होटलमा कार्यक्रम गरेपछि लफडा मच्चिएको छ । सरकारको नीति, लक्ष्य विपरित भीनपा १८ वडा कार्यालयले चालु आर्थिक बर्ष ०८२/०८३ सकिने तीन साता बाँकी रहेका बेला महेन्द्रनगरको स्वीट ड्रिम होटलमा कार्यक्रम गरेपछि लफडा मच्चिएको हो । वडाले विभिन्न बाल क्लबहरुलाई क्षमता विकासका लागि तीनदिने तालिम दिन लागेको दोस्रो दिन कार्यक्रममै लफडा मच्चिए पछि बालबालिका त्रास उत्पन्न भएको थियो । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) नेतृत्वको सरकारले सार्वजनिक खर्चमा मितव्ययी सरकारी कार्यालयका कार्यक्रम होटलमा नगर्न पत्राचार गरे विपरित वडा कार्यालयले कार्यक्रम किन ? होटेलमा गर्न लागेको भन्दै रिर्पोटिङ्गमा स्वीटड्रिम होटलमै पुगेकी आभारडटकमी पत्रकार ऐश्वर्या कुँवर वडाध्यक्ष रविन्द्र देवकोटा सहितका कर्मचारी, जनप्रतिनिधीविच एक आपसमा हातहालाहाल नै भएको छ । पत्रकार कुँवरले उक्त कार्यक्रम बारे वडाध्यक्ष देवकोटासग धारणा (वाईट) दिन भनेपछि वडाध्यक्षले फर्किनुहोस आघा घण्टापछि दिन्छु भनेलगत्तै कार्यक्रमै लफडा भएको छ ।

जनप्रतिनिधी, कर्मचारी पत्रकारविच भएको उक्त वाद विवाद लफडावाला भिडियोमा पत्रकार ऐश्वर्या कुँवरले वडाध्यक्ष देवकोटमाथि मुक्का प्रहार गरेको देखिन्छ । पत्रकार कुँवरले वडाध्यक्ष देवकोटाको घाँटी र छातीमा मुक्का प्रहार गरेको देखिन्छ । भीनपा १८ का वडाध्यक्ष रविन्द्र देवकोटाले पत्रकार ऐश्वर्या कुँवरले आफुसग एक दिन अघि जनज्योती चोकमा सडक निर्माणमा अनियमितता भयो भन्दै ठेकेदारले नम्बर मागेको र त्यसपछि आज कार्यक्रममा आएर आफुलाई बोल्न दवाव दिएर उल्टै आफुहरुमाथि हातपात गरेको बताए । ‘हाम्रो वडा कार्यालयले बाल क्लबलाई तीन दिने तालिम दिएको थियो, ‘यो गर्मीका वडामा भएको हलमा कार्यक्रम गरेर दैनिक ४/५घण्टा राख्न सकिएन, त्यस भएर होटलसग सहकार्य गरेर कार्यक्रम गरेका हौँ, यहाँ पत्रकार कार्यक्रममा आएर फोटो भिडियोे खिचे हामीले कुनै रोकटोक गरेनौँ, ‘पछि उनले मलाई वाईट देउ भन्यो, मैले पछि भन्दाभन्दै बोल्न बाध्य पारिन, उल्टै मेरो घाटी च्यापिने, छुटाउने बेला वड ासदस्य सिता भण्डारीमाथि पनि धक्का मुक्का गरिन् ।’ असारे बजेट सक्नका लागि कार्यक्रम होटलमा नगरेको उनको दावि छ । आफुहरुले पत्रकार कुँवरको मोवाईल र क्यामेरा नथुतेको उनको भनाई छ । उनले अन्य सरकारी कार्यालयहरुले समेत होटलमा कार्यक्रम गरिरहेको बताए ।

वडाध्यक्ष देवकोटाले अमार्यादित भएर पत्रकार कुँवरले आफुमाथि हातलात, घकेलाधकेलदेखि बालबालिकाहरुको मनोविज्ञानमा असर पार्ने काम गरेकाले कानुनी अनुरुप कार्बाही लागि अघि बढ्ने चेतावनी दिएका छन । आभाषडटकमकी पत्रकार ऐश्वर्या कुँवरले सरकारको निर्देशन विपरित वडा कार्यालयले बजेट सक्नदेखि होटलमा कार्यक्रम राखेर भ्रष्टाचार गर्नका लागि गरिएको कार्यक्रमको रिर्पोटिमा जाँदा वडाध्यक्ष रविन्द्र देवकोटा सहितका जनप्रतिनिधी कर्मचारीहरुले आफुमाथि दुव्र्यवहार र समाचार संकलनका लागि समाग्री खोसिदिएको बताईन । उनले सरकारी कार्यक्रम होटलमा किन गरेको जवाफ माग्दा आफुमाथि ठेकेदारबाट पैशा, फिरौती मागेको गम्भिर आरोप लगाएपछि सोधपुछका क्रममा धकेलाधेकेल मात्रै भएको दावि गरेकी छिन । एमाले, काँग्रेस निकट पत्रकार संघ संगठनकै गठबन्धनबाट नेपाल पत्रकार महासंघ कञ्चनपुर सदस्यमा निर्बिरोध निर्वाचित भएकी महिला युवा पत्रकार कुँवरले आफुमाथि सुशासनका विषयमा रिर्पोटिङका क्रममा जनप्रतिनिधी, कर्मचारीबाटै दुव्र्यवहार भएको जिकिर गर्दै सरकारको निर्देशन विपरित भ्रष्टाचार गर्न आर्थिक बर्ष सकिने बेला होटलमा गरिएको कार्यक्रम बारे छानबिनको माग अघि सारेका छन । भने, सरकारको निर्देशन उलङघन गरेर वडा कार्यालयमा हल हुदाहुदै होटलमा कार्यक्रम गरिएको बारे रिर्पोटिङमा जादा आफुपनि अन्यायमा परेको दावि दावि छ ।

समाचार संकलनका गएकी पत्रकार ऐश्वर्या कुँवरले यसरी वडाध्यक्षमाथि हातपात गर्न नहुने र वडाध्यक्ष देवकोटाले समेत पत्रकारले होटलमा सरकारको नीति विपरित कार्यक्रम गरिएकोे बारे जिज्ञासामा सहज वातावरण बनाउनुपर्नेमा नागरिक समाजको भनाई छ । कतिपय नागरिक समाजका अगुवाहरुले पत्रकारले जनप्रतिनिधीमाथि हातपात, धकेलाधकेल गर्न नहुने सुझाव दिदै आएका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले कुनैपनि सरकारी कार्यालयका कार्यक्रम होटलमा गर्न नहुने बताए । ‘सरकारी खर्च मितव्ययी अनियमितता रोक्न सरकारले पत्राचार नै गरेको छ, ‘उनले भने, ‘अन्र्तराष्ट्रिय स्तरका कार्यक्रम भए मिल्छ, अनि सम्बन्धीत कार्यालयको हल नभएको खण्डमा पनि पुष्टी भए होटलमा गर्न मिल्छ अन्यथा मिल्दैन ।’ उक्त घटना बारे बुझेर होटलमा किन गरेको हो, के कारणले गर्नुपर्ने बाध्यता आएको बारे आफुले सम्बन्धीत पालिकासंग बुझेर अघि बढ्ने प्रजिअ कोईरालाको भनाई थियो । दुवै पक्षले न्यायका लागि निकायमा जाने बताईरहेका छन । घटनालाई लिएर राजनैतिक, प्रशासनिक, पत्रकारिता सहितका सबै क्षेत्रबाट समिक्षा गर्नुपर्नेमा आवाज उठिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img