पप्पु गुरुङ्ग, कञ्चनपुर । भारतिय जंगल संग जोडिएको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा सर्च लाईट बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको दुर्गम बस्ती बडुवाल टोलमा समाज कल्याण सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ र डिसीएको आर्थिक सहयोगमा हात्तीबाट ज्याउन जोगाउन स्थानियहरुलाई ३८ थान सर्च लाईट बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ सुद्दढ परियोजनाका सामाजिक परिचालिका निर्मला सुनारले जानकारी दिनुभएको छ् । बिगत लामो समय देखि भारतिय जंगलबाट भित्रिने जंगली हात्तीले त्रासद्धि मच्चाउदै आएको बडुवाल टोलमा रातीको समयमा स्थानियहरुले ज्यान जोगाउन सहजताको लागी सर्च लाईट बितरण गरिएको सामाजिक परिचालिका निर्मला सुनारले बताउनुभयो ।


जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु पर्ने बस्तीको प्रमुख समस्या रहेको सामाजिक परिचालिका निर्मला सुनारले बताउनुभएको छ् । जंगली हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण हात्तीलाई धपाउन सहज होस भन्ने अभिप्रयाले समाज कल्याण सामुदायिक विपद् व्यवस्थापन समिति मार्फत सर्च लाईट बितरण गरिएको उहाँले बताउनुभयो ।


बडुवाल टोलमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व चलिरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बस्ती नजिक रहेको भारतिय जंगलबाट हात्तीको ठूलो हुल रातीको समयमा बस्ती पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्ने गरेको स्थानियबासीहरुले बताएका छन् ।







