कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर जिल्ला सदस्य गोकर्ण लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् असार ७ गते देखि चितवनमा हुने रास्वपा महाधिवेशनमा लामिछानेले कञ्चनपुर क्षेत्रबाट केन्द्रीय सदस्य उम्मेदवारी घोषणा गरेका हुन ।


लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर जिल्ला सदस्य रहिसकेका हुन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संगठन निमार्ण गर्न नगर सभापती पुरन कुमाल संगै गोकर्ण लामिछानेको नाम अग्रपंक्तीमा रहको छन् ।

नेता लामिछानेले सामाजिक संजालबाट केन्द्रीय सदस्य उम्मेदवार हुन लागेको जानकारी सार्वजनिक गरेका छ्न । आफु केन्द्रिय सदस्यमा चयन भए कञ्चनपुर क्षेत्रमा संगठन बिस्तारमा अझ सशक्तरुपमा उत्रिने बताएका छन् ।







