कञ्चनपुर । महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट बच्चे उपाय सम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ९ ढकनाघाट बस्तीमा समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आईपर्ने जोखिम, बच्ने उपाय लगाएत विषयमा नमूना अभ्यास गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीएको आर्थिक तथा प्राविधिक सहयोग तथा प्रगती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीको आयोजनामा महाकाली नदीमा बाढीबाट मानविय र धनमालको क्षतीलाई रोक्न कृत्रिम नमुना घट्ना अभ्यास गरिएको प्रगती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक पुर्णा देवि कसेराले जानकारी दिनुभएको छ् । समुदायलाई बाढीजन्य विपद्को सामना गर्न सक्षम बनाउने उद्देश्यले नमूना अभ्यास सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको संयोजक पुर्णा देवि कसेराले बताउनुभयो ।

बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सुरक्षा पहिलो प्राथमिकता दिएर अभ्यास सञ्चालन गरिएको प्रगती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक कसेराले बताउनुभएको छ् । सतर्कता तह, चेतावनी तह, खतरा तह भएमा कसरी सुरक्षित रहने गरि तीन चरणको सूचनाका आधारमा कृत्रिम घटना अभ्यास गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका सामाजिक परिचालिका निर्मला सुनारले बाढीबाट मानविय र धनमालको क्षतीलाई रोक्न बिभिन्न खाले कार्यक्रम सञ्चालन गदैृ आएको बताउनुभयो ।

तटीय क्षेत्रका स्थानीयलाई बाढीका समयमा सुरक्षित रहने उपाय सिकाउन नमूना अभ्यास गरिएको सामाजिक परिचालिका निर्मला सुनारले बताउनुभएको छ् । सतर्कता तह, चेतावनी तह, खतरा तह भएमा कसरी सुरक्षित रहने भनी समुदायलाई सचेत गराईएको जनाउदै तीन चरणको सूचनाका आधारमा कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको उहाँको भनाई छ् ।

कार्यक्रममा सशस्त्र प्रहरी, नगर प्रहरी, प्रगती सामुदायिक विपद् व्यवस्थापन समितिको टोली, बिद्यार्थी तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।






