बेदकोटका जनप्रतिनिधी र कर्मचारीलाई तालिम


कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका जनप्रतिनिधी र कर्मचारीलाई तालिम दिईएको छ । बेदकोट नगरका कार्यपालिका विभिन्न शाखा प्रमुख सहितका कर्मचारीलाई तालिम दिईएको हो । नगरका कर्मचारी र जनप्रतिनिधीको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम दिईएको नगरपालिकाले जनाएको छ ।

बेदकोट नगरका प्रमुख भोजराज बोहराले विभिन्न कानुन प्रशासनिक विषयमा कमर्चारी र जनप्रतिनिधीलाई पुर्नताजिकिरण गराउँदै नागरिकलाई सेवा प्रवाहमा चुस्तता ल्याउने उदेश्यले तालिम दिन लागेको बताए । ‘वडाध्यक्ष अध्यक्ष ज्यूहरुले नागरिक सहितका विभिन्न कानूनी प्रसानिक कामकाजमा सिफारिस गर्नुपर्ने हुन्छ, कर्मचारीहरुले पनि कानून अनुरुप कामकाज सम्पादन गर्नुपर्ने हुन्छ, ‘मेयर बोहराले भने, ‘त्यसैगरी एकसाथ कर्मचारी र जनप्रतिनिधीलाई कानून र प्रशासनिक विषयमा पोख्त गराउनुपर्ने हुन्छ ।’

दुई दिने तालिम उद्घाटनका लागि जिल्ला सरकारी वकील कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता प्रकास भण्डारी, प्रशासनिक अदालतका पुर्व अध्यक्ष एव संविधानविद काँशिराज दाहालले प्रशिक्षण दिएका थिए । सोमबारसम्मै संचालन हुने तालिममा वडाध्यक्ष, कार्यपालिका सदस्यदेखि कर्मचारीहरु रहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img