दोधारा चाँदनीमा घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक अभियान


पप्पु गुरुङ्ग, दोधारा । समाजमा विद्यमान घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन र मानव बेचबिखन रोक्न कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक अभियान सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुर, नेपाल प्रहरी, शान्ति पुनस्र्थापन गृह (पिआरसी) संगको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ देखि ५ सम्मका ५० जना महिलाहरुलाई घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् ।

समाजमा बिद्यमान विकृति र अपराध न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । बढ्दो घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन र मानव बेचबिखन रोक्न दोधारा चाँदनी नगरपालिकाको दशै वटा वडाहरुमा निगरानी समुह समेत गठन गरिने दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभएको छ् । कार्यक्रमको उद्धघाटन सभामा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन र मानव बेचबिखन राष्ट्रको गम्भिर समस्याकोरुपमा रहेको बताउदै दोधारा चाँदनी नगरपालिकाले यसलाई रोक्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमुखी वातावरण निर्माण गर्न सबै पक्षको साँझा जिम्मेवारी, प्रभावकारी समन्वय र निरन्तर प्रतिबद्धता आवश्यक रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा उतार्दै, समुदायमा सकारात्मक तथा दिगो परिवर्तन ल्याउन सबै सरोकारवालाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img