दोधारा । महाकाली नदीमा डुवेर एक पुरुषको ज्यान गएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० सुर्खेती टोल निवासी वर्ष अन्ताजी ६२ का टोप बहादुर थापाको महाकाली नदीमा डुवेर ज्यान गएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ् ।

महाकाली नदीमा डुवेर थापाको आज अपरान्ह ज्यान गएको वडाध्यक्ष सिंहले बताउनुभएको छ् । शव फेला परेपछि पोष्टमार्टमको लागी दोधारा चाँदनी नगर अस्पतालमा पठाउने तयारी भएको बताईएको छ् ।







