कृष्णपुर २ वडाध्यक्ष साउदको पहलमा महेन्द्रराजमार्गको अतिक्रमित क्षेत्र खाली गराईयो


कञ्चनपुर: कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत कृष्णपुर नगरपालिका २ वडाको सीमा क्षेत्रमा पर्ने सडकको अतिक्रमित जमिन खाली गराईएको छ । कृष्णपुर २ को बनहरादेखि मछेलीसम्म झण्डै ५ किलोमिटर सडकको दायाबाया अतिक्रमित सडकको जमिन खाली गराईएको होे ।

कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालयले १५दिनभित्र सडकको जमिनमा पर्ने सरचना हटाउन सूचना जारी गरेपछि स्थानीय स्तरबाट वडा कार्यालयले पहलकदमी अघि बढाएको बताए । पुर्वपश्चिम महेन्द्रराजमार्गको अतिक्रमित क्षेत्र खाली गर्न सडकले सूचना जारी ग¥यो, हामीले वडा कार्यालयबाट समेत वडाको सीमा क्षेत्रमा रहेको राजमार्गको दायाँबायाँ रहेका अवैध सरचना हटाउन सम्बन्धीत पक्षसंग अनुरोध गरेर खाली गराएको बताए ।

वडाध्यक्ष साउदले सडकको जमिनमा अस्थायी, अस्थायी सरचना बनाएर व्यवसाय गरिरहेकाहरुसंग अनुरोध गरेर स्वस्र्फूत हटाउन लगाएको बताए । ‘हामीले अनुरोध ग¥यौँ, नागरिकले सहजै मान्नुभयो, ‘उनले भने, ‘बषौँदेखि सडक छेउछाउमा व्यवसाय गरेर गुजारा चलाईरहेकाहरुको वैकल्पिक व्यवस्थाका लागि समेत सडक कार्यालयलाई अनुरोध गरेका छौँ ।’ सडकको क्षेत्र खाली गराएपछि वाणी, बंक बजार चिटिक्क देखिएका छन ।

३०बैशाखमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुर्वपश्चिम चिसापानी–गड्डाचौकी सडकको अतिक्रमित क्षेत्र खाली गराउन सूचना जारी गरेको थियो । संघीय सरकारले गत १५ जेठ चालु आर्थिक बर्षको बजेट वक्तव्य मार्फत गड्डाचौकी–अत्तरिया सडक विस्तार गर्ने घोषणा गरेको थियो । सडकको क्षेत्र भएपनि विस्तार नहुँदा सवारी दुर्घटनाले मानिस घाईते, अकालमै ज्यान जानेदेखिका भौतिक क्षति बेहोर्नु परेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img