भारत भ्रमण गरेकी साईकल यात्रु ढकाल नेपाल


कञ्चनपुर: भारतमा भ्रमण गरेकी एक साईकल यात्री नेपाल आईपुगेकी छिन । साइकलबाटै पूरा भारत यात्रा गर्दै पीलीभीत भएर साईकल यात्रु यमुना ढकाल नेपाली पुगेकी हुन । नेपालको झापा जिल्लाकी युवती यमुना ढकालले १०७ दिनमा करिब पाँच किलोमिटर साइकल यात्रा गर्दै भारतका विभिन्न स्थानहरूको भ्रमण गरेकी छन्।

लुम्बिनी, अयोध्या, मथुरा, वृन्दावन, दिल्ली, पंजाब, अमृतसर, वाघा बोर्डर, बद्रीनाथ, केदारनाथ, हरिद्वार, नजीबाबाद, धामपुर, मुरादाबाद र बरेली हुँदै उनी भारतमा अन्तिम वृक्षरोपण पीलीभीतमा गरिन् र यसैदिन बनबासाहुँदै महेन्द्रनगर पुगेकी हुन्। यात्राको क्रममा उनले वातावरण संरक्षणको सन्देश दिँदै पीलीभीत जिल्लामा वृक्षारोपण पनि गरिन्।

पीलीभीत–बनकटी मार्ग नजिक टाइगर रिजर्भ क्षेत्रमा बिरुवा रोपेर हरियाली संरक्षणको सन्देश फैलाइएको बताइएको छ। यसैगरि अन्य राष्ट्रियमा पनि आफ्नो साइकल यात्रा वातावरण संरक्षणमा जारि राख्ने बताएकी छन ।


Loading Viewer...

ताजा समाचार

spot_img