अत्यधिक गर्मी सम्बन्धी विपद् सचेतनाको लागी दोधारा चाँदनीमा जनचेतनमुलक ‘कचहरी नाटक’


पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा अत्यधिक गर्मी बढेसंगै तातो लहरबाट बच्न जनचेतनामुलक कचरी नाटक सञ्चालन गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील’ (सिआरसी) परियोजना’ उत्थानशिल युवा सञ्जाल र दोधारा चाँदनी नगरपालिकाको सहयोग तथा सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको शारदा सरस्वती माबि र आमभोज बजारमा अत्यधिक गर्मी तातो लहर ‘लु’ सम्बन्धी विपद् सचेतनाको लागी जनचेतनामुलक कचहरी नाटक सम्पन्न गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का संस्था बिकास मानव श्रोत ब्यवस्थापक बनोद बिक्रम जैरुले जानकारी दिनुभएको छ् । जलवायु परिवर्तन, तिब्र शहरीकरण र वायु प्रदूषणका कारण तापक्रम निरन्तर बढिरहेको अवस्थामा मानव स्वास्थ्य मात्र नभई, कृषि र वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको नाटकले सन्देश दिन खोजेको संस्था बिकास मानव श्रोत ब्यवस्थापक बनोद बिक्रम जैरुले बताउनुभयो ।

कचहरी नाटकका कलाकारहरुले अत्यधिक गर्मीका कारण ‘हीट स्ट्रोक’ जस्तो गम्भीर अवस्था आउन सक्ने, शरीरको तापक्रम अत्यधिक बढ्दा पसिना नआउने, टाउको दुख्ने, चक्कर लाग्ने, मुटुको धड्कन बढ्ने र बेहोस हुने जस्ता लक्षण देखिने र समयमै उपचार नभए ज्यान समेत जान सक्ने नाटकमा देखाईएका संस्था बिकास मानव श्रोत ब्यवस्थापक बनोद बिक्रम जैरुले बताउनुभएको छ् । तातो हावाको लहर तथा ‘लू’ बाट जनजीवनमा परिरहेको प्रभाव, जोगिने उपायको बारेमा प्रदर्शन गरिएको नाटक अत्यन्तै सहनिय रहेको भिमदत्त नगरपालिकाका स्थानियबासी मञ्जु चौधरीले बताउनुभयो ।

अत्यधिक गर्मी (लु) र तातो हावाको विपद्बाट बच्न जनचेतना फैलाउन ‘कचहरी नाटक’ एक सशक्त माध्यम रहेको बताउदै दर्शक मञ्जु चौधरीले जलवायु परिवर्तनको कारण बढ्दै गएको गर्मी सम्बन्धी विपद् सचेतनाको लागी जनचेतनामुलक कचहरी नाटक अन्य स्थानमा समेत सञ्चालन गर्नु पर्ने बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका र भिमदत्त नगरपािलका क्षेत्रमा ‘समुदायका लागि जलवायु उत्थानशील’ (सिआरसी) परियोजना’ ले तातो हावाको लहर (लू) प्रतिकार्य कार्यक्रमका गतिविधिहरु सञ्चालन गर्दै आईरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ ‘समुदायका लागि जलवायु उत्थानशील’ (सिआरसी) परियोजना’ ले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img