डिल्लीराज पन्त / कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरका युवा नेता बिरेन्द्र सिह साउद केन्द्रीय शिक्षा विभाग सदस्यमा मनोनित भएका छन । रास्वपा युवा नेता एव शिक्षक बुद्धिजिवी साउद केन्द्रीय शिक्षा विभाग सदस्यमा मनोनित भएका हुन । उनलाई पाटी महामन्त्री भुपदेव शाहले पाटीको शिक्षा विभाग केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएका छन ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगर निवासी साउद शिक्षक बुद्धिजिवी समेत भएका हुन । यस अघि उनी नेकपा माओवादीमा हुँदा बुद्धिजिवी संगठन जिल्ला अध्यक्ष थिए ।
महामन्त्री भूप देव शाहद्वारा जारी पत्रमार्फत साउदलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्य उनक्त गरिएको छ । रास्वपाले शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन अनुभवी तथा सक्रिय व्यक्तित्वलाई जिम्मेवारी दिँदै संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ ।







