महाकाली नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला घाटस्थित महाकाली नदीमा अचानक पानीको बहाव बढ्दा ट्याक्टरसहित फसेका तीन जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीका अनुसार साेमबार साँझ करिब ६ बजे से २ त १४६८ नम्बरको ट्याक्टर सहित तीन जाना नदिमा फसेकाकाे सकुशल उद्वार गरिएकाे हाे ।

नदीमा एक्कासी पानीको बहाव बढेपछि उनीहरू बीच धारमा अलपत्र परेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी नायब उपरीक्षक फपेन्द्र कुमार के.सी.को कमाण्डमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त प्रयासमा तीनै जनालाई साँझ ६:३० बजे सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी गड्डाचाैकीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिनु भयाे ।

ट्याक्टर भने पानीकाे वाहाव  बढी भएकाले नदीमै रहेकाे सशस्त्र प्रहरी नायब उपरीक्षक केसीले बताए । उनले भने “उद्धार गरिएका व्यक्तिहरू सुरक्षित रहे पनि ट्याक्टर भने पूर्ण रूपमा पानीमा डुबेको अवस्थामा रहेको जनाइएको छ। उद्धारमा खटिएको टोली साँझ ६:५० बजे कार्यालय फर्किएको छ।”


Loading Viewer...

ताजा समाचार

spot_img